जनयु,’द्ध मा’रिएका सुवासको घरमा खाना खान पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला गृहजिल्ला चितवनको भ्रमणमा छन्। चितवन पुगेर उनले बिहीबार आफ्नो निर्वाचन क्षेत्रमा पर्ने माडी नगरपालिका वडा नम्बर ९, राई डाँडामा निर्वाचन क्षेत्र विकास कोषबाट बनेको

कुसुमखोला नमुना चेपाङ बस्ती (४१ घरपरिवार), माडीमै नवनिर्मित परवी खोला पुल तथा माडी २ मा कालोपत्रे सडकको उद्घाटन गरेका छन्। स्थानीय तह निर्वाचन नजिकिएसँगै चितवन केन्द्रित उनले देशभर चार दलबीच चुनावी गठबन्धन हुने पनि बताएका छन्।

उनले चितवनमा कांग्रेसका केही कार्यकर्ताले भन्दैमा गठबन्धन न’तोडिने पनि बताएका छन्। दाहालले चितवनमा पनि गठबन्धन मिलेरै चुनाव ल’ड्ने बताए। त्यसपछि उनी चितवनको दक्षिणमा अवस्थित माडी नगरपालिका-७ देवेन्द्रपुर टोल पुगेर जनयु,’द्धका मा’रिएका एकजना सहिद परिवारको घरमा खाना खाएका छन्।

उनी जनयु,’द्धका सहिद नीलकण्ठ सुवेदी ‘सुवास’को घरमा पुगेर बिहीबार बिहानको खाना खाएका हुन्। उनले त्यसक्रममा नीलकण्ठका आमा–बुवासँग कुराकानी पनि गरेका छन्। उनले त्यसक्रममा जनयु,’द्धका सहिदहरु विदुर र तिलक खाती लगायतका सहिद परिवारसँग बसेर खाना खाएको उनका स्वकीय सचिव रमेश मल्लले बताए।

प्रतिक्रिया दिनुहोस