आफु माथि लागेको आरोपको खण्डन गर्दै पल शाह पुगे उच्च अदालत पोखरा, यस्तो छ पलको माग

काठमाडौ । एक किशोरीलाई कर णी गरेको अभियोगमा जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएका अभिनेता पल शाह सो आदेश विरुद्ध उच्च अदालत पुगेका छन् । उनले मंगलवार उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका छन् । पलका तर्फवाट उनका वकिलले निवेदन दर्ता गराएका हुन् ।

जिल्ला अदालत तनहुँले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएका कारण उनी कारागारमा छन् । सो आदेश बदर गरी पाउँ भन्दै उनका कानुन व्यावसायी उच्च अदालत पुगेका हुन्। शाहका कानुन व्यवसायी निवेदन लिएर मंगलबार उच्च अदालत पोखरा आएको उप(रजिष्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए।

‘तनहुँ जिल्ला अदालतले पुर्पक्षको लागि शाहलाई थुनामा पठाउन आदेश गरेको थियो। त्यसका लागि अदालतले ५ वटा बुँदालाई मुख्य आधार बनाएको थियो । सो आधारलाई नै पलका वकिलहरुले निराधार भनेका छन् । फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम उच्च अदालतमा शाहका कानुन व्यवसायीले निवेदन दिएका हुन्।

चेत १० गते बिहीबार उनलाई जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो।

पलको मतियारका रुपमा ब्याख्या गरिएका पलका म्यानेजर कृष्ण जोशी एक लाख धरौटी बुझाएर छुटेका थिए। जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम् १४ वर्ष कैद सजायको माग गरेको थियो।

नाबालिग गायिकाले झुटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक(पटक पलले कर णी गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो। पलले भने आफु माथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस