पलले बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरेपछि उच्च अदालत पोखराले गरिदियो यस्तो निर्णय

पोखरा – नाबालिका कर णी आराेपमा जेलमा रहेका अभिनेता पल शाहकाे निवेदन उपर उच्च अदालत पाेखरामा पहिलाे सुनुवाई भएकाे छ । उनीविरुद्ध तनहुँ प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेकाे थियाे । जिल्ला अदालत तनहुँले धराैटीमा रिहाइकाे आदेश नदिएपछि उनले पुनरावेदनका लागि उच्च अदालत पाेखरामा आवेदन दिएका हुन् ।

प्रहरीले अनुसन्धान प्रतिवेदनसहित पललाई सरकारी वकिल कार्यालयमा बुझाएकाे थियाे । सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेकाेमा अदालतले थप अनुसन्धानकाे लागि पुर्पक्षमा पठाउने आदेश दिएकाे थियाे । जिल्ला अदालतकाे आदेशबाट असन्तुष्ट भएकाे भन्दै पलले उच्च अदालतमा निवेदन दिएका हुन् ।

उनले आफू बाहिरै बसेर मुद्दा ल’ड्न पाउनुपर्ने माग पनि गरेका छन् । उच्च अदालतमा भएकाे सुनुवाईपछि अदालतले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरेकाे सूचना अधिकारी विष्णुप्रसाद आचार्यले बताए ।

निवेदन दिए पनि थपअनुसन्धान विना आदेश दिन नमिल्ने उनले बताए । तनहुँ अदालतले दिएकाे थुनछेककाे आदेश र आदेश जारी गर्दाकाे प्रतिलिपी, प्रमाण माग गरेकाे उनकाे भनाइ छ । तनहुँ अदालतकाे आदेशबारे निर्क्याैल गर्न पुनःबहस हुनेछ । पललाई १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

अभियुक्त पल शाहलाई थुनामा पठाउनुको कारणसहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ । बुधबार न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरी सो को जानकारी सरकारी वकिल कार्यालयलाई गराउन आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस