कमिसन बढाउन दबाब दिँदै आजदेखि खाना पकाउने ग्यास, पेट्रोल र डिजेल उठाउन छाडे

काठमाडौं,सरकारलाई कमिसन बढाउन दबाब दिँदै आजदेखि खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेल उठाउन छाडेका हुन् । पेट्रोल र डिजेलको भाउ बढेपछि ढुवानी लागत बढेको भन्दै नेपाल आयल निगमले भाडा नबढाएको उनीहरूको आरोप छ । व्यवसायीले आज देखी पेट्रोलियम पदार्थको आयत र बिक्री बितरण पुर्णरुपमा रोकेको एलपी ग्यास उत्पादकले भनेका छन् ।

अलिअलि तलमाथि भइरहे पनि तत्काल नेपाली बजारमा प्रभाव पर्नेगरी त्यहाँ मूल्य वृद्धि नभएको नेपाल आयल निगम स्वयंले पनि स्वीकारेको छ। तर केही सातादेखि नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेकोबढ्यै छ।अहिले कच्चा तेलको मूल्य प्रतिब्यारल – अर्थात् प्रति १५९ लिटर – ७० डलरको हाराहारी छ। गत वर्ष असारमा ३८ डलरजति रहेको मूल्य यो वर्षको जेठमा ७२ सम्म पुगेको थियो।

संघका निर्वतमान अध्यक्ष भण्डारीले सरकार र निगमविरुद्ध आन्दोलन गर्नुपर्ने स्थिति नआउनेमा आफूहरू विश्वस्त रहेको बताए । उनले आफूहरूको माग सरकारले तत्काल सुन्ने र आन्दोलन गर्नुपर्ने स्थिति नआउनेमा आफूहरू विश्वस्त रहेको बताएका हुन् ।

अन्तरराष्ट्रिय बजारमा डिजेल र पेट्रोलको भाडा बढिरहेकाले सोहीअनुसार ढुवानी भाडा समायोजन गर्न माग गरेको र यो माग पूरा हुनेमा आफूहरू विश्वस्त रहेको भण्डारीले बताए । ‘अहिले निगमले भाडा समायोजन नगरेर ‘ननसेन्स’ काम गर्दै आइरहेको छ,’ उनले भने, ‘यो काम तत्काल सुधारेर पेट्रोलियम पदार्थ ढुवानी भाडा समायोजन गरिनुपर्छ ।’ अन्यथा, ढुवानी व्यवसायीले ढुवानी बन्द गरेमा देशभर ग्यास र पेट्रोल तथा डिजेल अभाव हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस