प्रधानमन्त्रीजी चुनावको बेला किन भारत जानुभएछ, आएपछि सोध्नुपर्ला : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाउनुभएको छ ।चुनावको मुखमा भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै उनले नेपाल फर्किएपछि सोध्ने बताउनुभयो ।

अनेरास्ववियूको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘प्रधानमन्त्रीजी चुनावको बेला भारत जानुभएको छ, किन जानुभयो होला ? आएपछि सोध्नुपर्ला ।’

आफूले दैनिक चारवटा कार्यक्रममा भ्याउने गरेको बताउँदै ओलीले युवाहरू अझै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।‘युवाहरूले मेरोभन्दा बढी सक्रिय हुनुपर्छ । एमालेलाई बलियो पार्टी बनाउनुपर्ने अब युवाहरूको हातमा छ,’ ओलीले भन्नुभयो ।

एमालेको हरुवा बानी नभएको भन्दै उहाँले आफूहरूले जितेर देश बनाउने दाबी गर्नुभयो । सामाजिक अभियान्ताको जागरण ल्याउनुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि हरेक व्यक्तिमा वैज्ञानिक चेत आवश्यक रहेको बताउनुभयो ।

माधव नेपालको जसरी एमालेलाई न भाले न पोथीको अवस्थामा पुर्‍याउने छुट अब कसैलाई नरहेको ओलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस