अब विदेशमा पढ्न जान रोकिएका विद्यार्थीले शिक्षा मन्त्रालयमा निवेदन दिनुपर्ने

काठमाडौं, कोरोना महामारीकाबीच विदेशमा पढ्न जान रोकिएका विद्यार्थीहरूले यहि चैत २५ भित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ । शिक्षा मन्त्रालयका अनुसार कोरोना महामारी र लकडाउनका कारण चीन लगायत देशमा पढ्न गएका विद्यार्थी स्वदेश फर्केका थिए ।

पढाइलाई निरन्तरता दिन नपाएका विद्यार्थीहरूलाई मन्त्रालयले निवेदन दिई सम्पर्कमा आउन आग्रह गरेको हो । निवेदनको ढाँचामा उल्लेखित विवरण खुलाएर चैत २५ भित्र मन्त्रालयको शिक्षा शाखामा निवेदन दिन पनि मन्त्रालयले आग्रह गरेको छ । यसअघि चीन लगायत देशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूले फेरि चीन गएर पठनपाठनलाई निरन्तरता दिने वातावरण बनाईदिन पटक-पटक सरकारलाई आग्रह गर्दै आएका थिए ।

याे पनि,बजार सरसफाइमा जुटे विद्यार्थी र युवा
जुम्लाका युवा र विद्यार्थी बजार सरसफाइमा जुटेका छन् । दिनप्रतिदिन बजारमा फाेहोर थुप्रिँदै गएपछि विद्यार्थी र युवा सरसफाइमा जुटेका हुन् । मुख्य बजारमा भएको फोहोर व्यवस्थापन गर्न एसिया इन्टरनेसनल बाेडिङ स्कुलका विद्यार्थी र स्थानीय चन्दननाथ युवा क्लबका युवा जुटेका हुन् ।

सरसफाइ अभियानलाई प्रभावकारी बनाउन चन्दननाथ नगरपालिकाले साथ दिएको छ भने, प्राविधिक सहयोग खानेपानी तथा उर्जा विकास शाखाले गरेको छ ।चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवी न्यौपाने महत र प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापा पनि सरसफाइमा साथ दिन सडकमा निस्किएका थिए ।चन्दननाथ युवा क्लबका अध्यक्ष मनोज बुढाथोकी मगरले हरेक शनिबार सरसफाइ अभियान थालिएकाे बताए । खानेपानी तथा सिंचाइ कार्यालयले ८० वटा डस्टबिन उपलब्ध गराएकाे छ ।

प्रतिक्रिया दिनुहोस