बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको चार घण्टापछि सकुसल उद्धार

काठमाडौ,काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले एक महिलालाई इनार भित्र बेहोस अवस्थामा फेला पारेको छ । उनलाई प्रहरीले सकुशल उद्दार गरेर उपचारका लागि अस्पताल लगेको छ। बुढानिलकण्ठ–३ मा ५० फिट गहिरो इनारवाट महिलालाई प्रहरीले बाहिर निकालेको हो ।

सिन्धुपाल्चोक तातोपानी घर भई हाल बूढानीलकण्ठ–३ मित्रचोकमा डेरा गरी बस्ने ४५ वर्षाीया पेमा शेर्पाको सकुशल गरिएको हो ।
उनी आफै इनार भित्र हाम फालेको हुनसक्ने अनुमान गरिएको छ । उनका आफन्तले घरबाट हराएको मौखिक सूचना प्रहरीलाई दिएपछि प्रहरीले खोजी थालेको थियो ।

सोही सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी निरीक्षक नेतृत्वको टोलीले खोजतलास गर्ने क्रममा उनी इनारभित्र अचेत अवस्थामा फेला परेकी थिइन् । पछि प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखाको टोली उद्धारका लागि पुगेको थियो । उद्धारपछि शेर्पालाई उपचारका लागि बूढानीलकण्ठकै करुणा अस्पतालमा पठाइएको छ । उनी अहिले बोल्नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस