कविता हत्या प्रकरण : सुरुमा वियरको बोतल प्रहार, त्यसपछि ढुंगा

काठमाडौं । एसईई तयारीका लागि ट्युसन पढ्न हिँडेकी कविता सुनुवारको हत्यामा संलग्न आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ ।

उदयपुर बेलका नगरपालिका–३ किराँत चोकका १९ वर्षीय विनोद ढकाल र कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत १७ वर्षीया बालिकालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार सार्वजनिक गरेको हो ।

उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले घटनाबारे अनुसन्धान गर्दा रिसइबीका कारण कविताको हत्या गरेको आरोपितले बताएको छ । सानो सानो कुरामा कविताले आफूहरुलाई होच्याउने र चिढ्याउने गरेकोले हत्या गरेको अनसुन्धानमा खुलेको छ ।

यसरी भयो हत्या

मंगलबार कवितासँगै उनीहरु पनि एसइई तयारीका लागि ट्युसन पढ्न सँगै गएका थिए । विद्यालय जाने क्रममा रिसइबी साँध्न ढकालले बियरको बोतलले सुनुवारको टाउँकोमाथि प्रहार गरे ।

टाउँको बोतल प्रहार गरेपछि घटना नबाहिरियोस् भन्ने उद्धेश्यका साथ कविताको टाउँकोमाथि ढुंगा प्रहार गरे । बोतल र ढुंगा प्रहारपछि अचेत भएकी कविता भुइँमा ढलिन् र उनको शवलाई करिब ४० मिटर पर घिसारेर यशोदा खोलाको किनारमा पुर्याएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

उदयपुर जिल्ला अदालतबाट आरोपित बालिकालाई ५ दिन र विनोद ढकाललाई ७ दिन म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस