चुनावः कांगेसलाई प्रचण्डपुत्री रेणु दाहालको ‘ओपन च्यालेन्ज’, झनै बिग्रियो परिस्थिती

काठमाडौं । सत्तारुढ गठबन्धनले मिलेर चुनावमा जाने निर्णय त गरेको छ तर टिकट वितरणका लागि मारामारको संकेत मात्रै होइन गठबन्धन नै फुट्नेसम्मका परिदृश्य देखिन थालेका छन् । स्थानीय तह निर्वाचन मिति नजिक हुँदै गर्दा सत्ता गठवन्धनमा देश ६ महानगरपालिकाको नेतृत्व कस्ले लिने भन्ने लडाई छ। खास गरी चितवनको भरपुर महानगरपालिकालाई नेपाली कांग्रेस र नेकपा माओवादीले प्रतिष्ठानको विषय वनाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुरमा आफनी छोरीलाई मेयर वनाउन केन्द्रमा तालमेल गर्नेदेखि नेपाली कांग्रेसका स्थानीय नेताकार्यकर्तालाई धम्क्याउनेसम्मका हर्कत गरीसके। भोट हाल्ने स्थानीय कार्यकर्ता नै हुन भन्ने भुलेर ‘भरतपुर महानगरमा चुनावी तालमेलको विषयमा चितवन कांग्रेसले भनेर केही हुँदैन’ भन्दै दाहालले बोलेको कुराले स्थानीय कांग्रेस कार्यकर्ता अहिले माओवादीसँग थप रुष्ट छन्।

यही वेला दाहाल पुत्री तथा भरतपुर महानगरकी मेयर रेणु दाहालले पनि कांग्रेस कार्यकर्तालाई चिढ्याउने हिसावले अभिब्यक्ति दिएकी छिन् । उनले एउटा अनलाईनलाई अन्तर्वार्त दिने क्रममा ०७४ सालको निर्वाचनमा पनि कांग्रेसले आफनो फाईदा लिएरै भरतपुरमा मेयरको दावी छोडेकाले आलोपालो गर्ने भन्ने प्रश्नै नआउने वताएकी छिन् ।

‘कांग्रेसले भरतपुर हामीलाई चाहिन्छ, गठबन्धन भनेको आलोपालो हुन्छ भन्ने कुरा छ नि ?’ भन्ने आसयको प्रश्नमा उनले भनेकी छिन्–‘यो कुरा मैले भन्ने भन्दा पनि राष्ट्रिय तहबाटै टुंगिने विषय हो । अर्को कुरा, गठबन्धन गरे बापत (कांग्रेसले) केही नपाएको होइन । बढी फाइदा हुने भएरै मेयरमा छोड्नुभयो होला नि ! नोमिनेसन दिइसकेको उम्मेदवारलाई फिर्ता गराउनुभयो ।’

त्यति वेला पनि कांग्रेसले रेनु दाहाललाई माया गरेर मेयर नछोडेको भन्दै उनले थपिन–‘प्रचण्ड वा माओवादीलाई माया गरेर छोड्नुभएको पनि होइन । त्योभन्दा फाइदा हुने भएर न छाड्न तयार हुनुभयो । उहाँहरूले देशको नेतृत्व लिनुभयो । रेनु दाहाललाई माया गरेर छोडिदिएको जस्तो चर्चा हुन्छ । त्यो कुनै मानेमा सही होइन ।’

उनले पार्टीले भन्यो भने मेयरमा सिंगल लड्न पनि तयार रहेको वताईन। अरुले दावी गर्दा आफुले पाँच वर्ष काम गरेर देखाएकाले झन वढि दावी गर्ने भन्दै उनले ‘६ वटा महानगरमध्ये माओवादीले लिने कहाँ त ? हामीले भरतपुरमा काम गरेर देखाएका छौं, हाम्रो आधार छ । त्यसैले हाम्रो बटमलाइन हो, भरतपुर छोड्दैनौं’ भन्दै आफनो अडान राखिन।

सम्भवतः गठबन्धनमा सहमति हुने वताएकी उनले त्यसो भएन भने प्रतिष्ठाकै लागि सिंगल भए पनि लड्ने उनले वताईन। माओवादी केन्द्रमा आफनो नाम निर्विकल्प जस्तै भएको उनको दावी छ।

प्रतिक्रिया दिनुहोस