अमेरिकाको जस्तै चितवनमा भएको बिकासले मलाई प्रचण्ड हैन रेणुका बुबा भनेर चिन्न थाले

कपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले भरतपुरको तीब्र बिकासका कारण आफ्नो परिचय बदलिएको बताएका छन् ।

बुधबार चितवनको भरतपुरमा भूमिहीन दलितहरूलाई रातो लालपूर्जा वितरण गर्दै अध्यक्ष प्रचण्डले चुनावताका प्रचण्डको छोरी रेणु भनिएपनि अहिले भरतपुरको विकास देखेर रेणुका बुबा प्रचण्ड भन्न थालेको बताएका हुन् ।

प्रचण्डले रेणुको त्याग र जनयुद्धको अनुभव सुनाउदै रेणुको बुबा भनेर चिन्दा आफूलाई खुसी लाग्ने बताए । उनले भरतपुर महानगरमा महिलाको नेतृत्व भएकाले विकासले गति लिएको बताए ।भरतपुरमा भएको तीब्र बिकाशकै कारण प्रचण्डले आगामी निर्वाचनमा मेयर र अध्यक्षमा महिलाहरूलाई धेरै प्राथमिकता दिने उल्लेख गरे ।

महिलाहरूले नेतृत्व गरेका मन्त्रालयदेखि स्थानीय तहमा धेरै राम्रो कार्य भइरहेको भन्दै विकासमा झिनाझम्टी नहुन महिलाहरूले नेतृत्व गर्नुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस