कांग्रेस, एमाले र माओवादी सबैलाई हेरिसकेयाै अब सरकार चलाउने पालो राप्रपाको हो : कुन्ती शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाहीले आफुहरुलाई पाँच वर्ष सरकार चलाउन दिए देश कस्तो बनाउँनु पर्छ भन्ने देखाउने बताएकी छिन् । कांग्रेस, एमाले र माओवादी सबैलाई हेरिसकेको भएकाले अबको पालो राप्रपाको भएको भन्दै उनले एकपटक राप्रपालाई विश्वास गरेर ‘हलो’ चिह्नमा भोट हाल्न आग्रह समेत गरिन् ।

अरु पार्टीलाई पटक–पटक सरकार चलाउन दिइसकेकाले राप्रपालाई एकपटक मात्र सरकार चलाउन दिए देश बनाएर देखाउने बताईन् । उनले भनिन, ‘हामीले पटक–पटक कांग्रेस र माओवादीलाई साथ दियौं, एकपटक पाँच वर्ष राष्ट्रिय प्रजातन्त्र पार्टीलाई स्थानीय सरकार चलाउन दिनुस्, प्रदेश र संघको सरकार चलाउन दिनुस् । कस्तो स्थानीय सरकार, गाउँपालिका र नगर हुनुपर्दो रहेछ । कस्तो देश बनाउनु पर्दो रहेछ, कस्तो जनता अधिकार सम्पन्न अनुहारमा जनताको हाँसो कसरी आउँदो रैछ ? भन्ने कुरा हामी देखाउन चाहन्छौं ।´

शासक बनेर हैन सेवकको रुपमा काम गर्नको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी आएको उनले स्पष्ट पारिन् । उनले भनिन्, `एक चोटी राष्ट्रिय प्रजातन्त्र पाटीलाई विश्वास गरेर यो चोटी ‘हलो’लाई मतदान गरेर तपाईहरुले हामीलाई साथ दिनुस् भन्नका लागि जनताको माझमा राप्रपा भन्ने अभियान हामीले ल्याएका छौं ।

अरु धेरै कुराहरु भ्रष्टाचारका कुराहरु, अन्य सुशासनका कुराहरु, अन्य विकृतिका कुराहरु, हाम्रो उपाध्यक्ष ज्यु, प्रवक्ता ज्यु हुनुहुन्छ उहाँहरुले भन्नु नै हुनेछ । तपाईहरुको माझमा म पटक–पटक सधै रहिरने छु । यहाँँका नगर बासीहरुलाई हामी कस्तो खालको नगर नारायण नगरका अन्य गाउँपालिकाका हामी जनता भएका छौं । हाम्रा स्थानीय नेताहरुलाई भत्ता खुवाई दिनुपर्ने गाडी घोडा उहाँहरुले चड्नु पर्ने ।´

प्रतिक्रिया दिनुहोस