‘पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति भ्रष्टाचारको मुहान’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति भ्रष्टाचारको मुहान भएको बताएका छन् ।

समाजिक सञ्जालमार्फत उनले जहिलेसम्म पैसा खर्च गरेर चुनाव जित्ने प्रवृत्ति रहन्छ त्यो बेलासम्म राज्यको दोहन भइरहने खतरा हुने बताएका छन् ।

उनले भनेका छन– ‘चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौं। पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो भन्ने कटुसत्य स्वीकारेर यसो गरौं( तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक विधायिका तथा चुनावी खर्च राज्यले बेहोर्ने !’

प्रतिक्रिया दिनुहोस