‘जसलाई भोट दिए पनि यस्तै हो, भोट दिन जान्नँ’ नभन्नुस् कंग्रेसलाई दिनुहोस जय हुन्छ : विश्वप्रकाश शर्मा

भक्तपुर – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा उमेर पुगेका प्रत्येक व्यक्तिलाई मतदानमा सहभागी हुन आह्वान गर्नुभएको छ ।

मध्यपुरथिमि ४ बालकुमारीमा आज बिहीवार नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आयोजना गरेको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उहाँले राजनीतिदेखि विरक्तिएर भोट हाल्न जान्न भन्ने मानसिकता नराख्न युवा वर्गलाई आग्रह गर्नुभयो । ‘म एक जनाले भोट नदिएर के हुन्छ र ? जसलाई भोट दिए पनि यस्तै हो, म भोट दिन जान्नँ भन्ने सोचाइ पहिलो पटक भोट हाल्न जाने युवा

वर्गमा आउन सक्छ’, महामन्त्री शर्माले भन्नुभयो, ‘जस्तोसुकै अवस्था आए पनि मतदान गर्ने अधिकार प्रयोग गर्नुस्, तर मतदान गर्ने बेलामा एक पटक गम्भीर भएर सोच्नुस्, यसअघिको सरकारको समीक्षा गर्नुस्, अहिले कांग्रेस सरकार आएपछिको पनि समीक्षा गर्नुस्, मतदान गर्नुस् । पाँच वर्षका लागि चुनाव जितेको तत्कालीन नेकपाले सरकार चलाउँदा केपी शर्मा ओलीले अब ५० वर्ष नेकपाको सरकार भन्ने तर तीन वर्ष पनि सरकार चलाउन नसक्ने भन्दै उहाँले ओलीले अहिले पनि दादागिरी प्रस्तुत गरेको टिप्पणी गर्नुभयो ।

महामन्त्री शर्माले भन्नुभयो, ‘हुन त ठूलो पार्टीका अध्यक्ष, प्रधानमन्त्री भइसकेका मान्छे, अझै मिडियासँग अन्तर्वार्ता दिँदै हातका औँला हल्लाउँदै ओलीजी भन्नुहुन्छ, ‘एक्लै–एक्लै आऊ, नसके सबै मिलेर आऊ, एमाले भिड्न तयार छ’, यो कस्तो दादागिरी शब्द चयन हो ?’ जनताले स्थिर र बलियो सरकार चाहिरहेको बेलामा एमालेलाई फेरि बहुमत दिए पाँच वर्ष सरकार चलाउन सक्छ भन्ने विश्वास अब नभएको उहाँले बताउनुभयो ।

नेकपाकै सरकार रहेको बेलामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बूढानीलकण्ठमा गएर सरकार बुझाएपछि देशका लागि कांग्रेसले सरकारको नेतृत्व गर्नुपरेको उहाँको भनाइ थियो । ‘आज पनि बूढानीलकण्ठ गा’को छ, भोलि पनि त्यहीँ गा’को छ, हो न हो पानीमाथि सुतिरहनुभएको बूढानीलकण्ठको दर्शन गर्न जानुभयो होला भनेको त, उहाँहरू त सुतिरहेको बूढानीलकण्ठभन्दा

प्रतिक्रिया दिनुहोस