लिङदेनलाई जनताको हाइ हाईबाट प्रचण्ड तर्सिए, ‘माओवादीले ल्याएको गणतन्त्र उल्ट्याउन लागियो’

काठमाडौ. । नेकपा(माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तन उल्ट्यान लागिएको भन्दै चिन्ता जनाएका छन् । शुक्रबार आफ्नो पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले गणतन्त्र उल्ट्याउन खोजिएको भन्दै उल्ट्याउन खोज्नेहरुका विरुद्धमा जनता एकजुट हुने प्रक्रिया अघि बढेको बताए ।

पछिल्लो समयमा देशभर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको पक्षमा लोकप्रियता बढेकोतर्फ संकेत गर्दै प्रचण्डले चिन्ता पोखेका हुन् । लिङदेनले उठाएका राजनीतिक र भ्रष्टाचार विरुद्धका मुद्दाका कारण उनको पक्षमा लहर देखिएको छ ।

कार्यक्रममा प्रचण्डले राजनीतिक परिवर्तनलाई उल्ट्याउन खोज्नेहरुका विरुद्धमा देशभरका जनता एकजुट हुने प्रक्रिया अघि बढेको बताइन् । गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भएको भन्दै उनले माओवादीले लडेर स्थापित गरेको अधिकार र पहिचानलाई उल्ट्याउन नदिने बताए ।

प्रचण्डले भने – ‘मलाई के विश्वास छ भने केही समय पहिले अलिकति कन्फ्युजन थियो, भ्रम थियो माओवादीको बारेमा । तर अहिले जतिबेला संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र भयो । प्रतिगामी षड्यन्त्र भयो । प्रतिक्रान्ति गर्ने षड्यन्त्र भयो । त्यसका विरुद्ध हामीले संघर्ष ग¥यौँ र हामी त्यसमा सफलता प्राप्त ग¥यौँ । यसलाई उल्ट्याउन खोज्ने तत्वहरुका विरुद्ध फेरि एकचोटी जनता एकजुट हुने प्रक्रियामा अगाडी बढेको मैले महशुस गरेको छु ।’

प्रचण्डले देशलाई सामाजिक न्यायसहितको समतामुलक बनाउने अभियान माओवादीको रहेको बताए ।

प्रतिक्रिया दिनुहोस