चितवनमा रेखा थापाको एक्शन शुरु, प्रचण्डको गृहजिल्ला चितवनबाट ३ हजारभन्दा बढी राप्रपामा प्रवेश

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा चितवनबाट आज ३ हजारभन्दा बढी प्रवेश गरेका छन् । आज भरतपुरमा आयोजित विशाल आमसभामा उनीहरु प्रवेश गरेका हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रवेश गरेकाहरु मध्ये केहीलाई स्टेजमै स्वागत गरे ।

पार्टीका जिल्ला प्रवक्ता राजु भण्डारीका अनुसार पार्टी प्रवेश गर्नेहरुमा करिब २ हजार भरतपुर महानगर क्षेत्रका छन् ।महानगरको वडा नम्बर १, ११,१४, १५, १७, २० बाट प्रवेश गर्ने धेरै छन् । माडी नगरपालिकामा वडा नम्बर ७, ८, ९ का धेरै छन् । यस्तै राप्ती, कालिकाबाट राप्रपामा पार्टी प्रवेश गरेका छन् ।

कांग्रेस, एमाले, माओवादीबाट राप्रपामा प्रवेश गरेका भण्डारीले जानकारी दिए ।आजको आमसाभामा अध्यक्ष राजेन्द्र लिङदेन, केन्द्रीय उपाध्यक्षहरु विक्रम पाण्डे, हेमजंग गुरुङ, महामन्त्री कुन्ती शाही, केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाही लगायतको उपस्थिति रहको थियो ।

माओवादी नफुटेको भए एमाले कब्जा भैसक्थ्यो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी नफुटेको थियो भने एमाले कब्जा गर्न सकिने बताएका छन् ।माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा बोल्दै प्रचण्डले एकतापश्चात नेकपाको दोस्रो बैठकमा एमालेको ठूलो जमातले आफूलाई नेता मानेपछि षड्यन्त्र सुरू भएको दाबी गरे ।

‘बैठकमा ८/१० जना छाडेर एमालेका सबै नेता अबको नेता प्रचण्ड हो भन्नेमा पुगे त्यसपछि ठूलो षड्यन्त्र सुरू भयो । तपाईं नै हो नेता भन्न थाले मलाई’, प्रचण्डले भने, ‘अहिले एमालेका नेता भन्छन्- केही समय छाडेको भए प्रचण्डले पार्टी खाइदिन्थ्यो नि !’

प्रतिक्रिया दिनुहोस