हेर्दै जानुस् केपी ओलीको हालत खराब हुने वाला छ : प्रचण्ड

बैशाख ३ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओली यति बेला बिक्षिप्त भएको र अबको चुनावपछि उनको हालत खराब हुने ठोकुवा गरेका छन् ।

आज नवलपरासीमा अगुवा कार्यकर्ताको प्रशिक्षण एवं पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले बिक्षिप्त भएका कारण नै ओलीले ईमहासमै मिल्न नसकिने र नहुने शक्ति राप्रपासँग तालमेल गर्दै हिँडेको भन्दै ईतिहासमा तानाशाह हुन र कम्युनिष्ट विरोधी हुन खोज्दा उनको यो हालत बनेको दाबी गरे ।

एक प्रसंगमा उनले आईतबार गठबन्धनले महानगर र उपमहानगरमा तालमेलको निर्णय गर्ने भन्दै यसले सबै दललाई हित हुने पनि बताए ।

उनले यो निर्वाचन माओवादीको लागि सामान्य चूनाव मात्र नभई परिवर्तन, गणतन्त्र र संविधान जोगाउने लँडाई पनि भएकाले सबैलाई डटेर काम गर्न अपील गरे ।
उनले स्थानीय तह हुँदै आगामी संघ र प्रदेशको निर्वाचनमा पनि यो गठबन्धन कायम रहने बताए ।
सो कार्यक्रममा एमाले परित्याग गरी नवलपुरका नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेका छन् । उनीहरुलाई अध्यक्ष प्रचण्डले टिका खादा लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस