निर्वाचन हारे हारौंला कांग्रेसले कोहीसँग तालमेल गर्दैन : महामन्त्री थापा

पाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका कोही नेता तालमेलको पक्षमा नरहेको बताएका छन् । सांसदसमेत रहेका महामन्त्री थापाले पार्टीको काठमाडौं क्षेत्र नम्बर ४ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनमा हारजित स्वाभाविक भएको बताए ।

‘नेपाली कांग्रेस पार्टीको कोही पनि तालमेलको पक्षमा हुनुन्न । बरु निर्वाचनमा हारे हारौंला हारजित हुन्छ तपाईंहरू त्यहीअनुसार अघि बढ्नुस्’, थापाले कार्यकर्तालाई निर्देशन दिए ।

उनले उम्मेदवार र चुनावी अभियानका लागि कार्ययोजनासहित अघि बढ्न पनि जोड दिए । केन्द्रको घोषणा पत्र नकुर्न भन्दै थापाले भने, ‘विस्तृत कार्ययोजनासहित कार्यतालिका बनाएर अघि बढ्नुस् । सक्नुहुन्छ उम्मेदवार टुंगो गरिहाल्नुस् ।’ उनले आफ्नो क्षेत्रमा थपिएका नयाँ मतदाता पहिचान गरेर उनीहरू केन्द्रित अभियान थाल्न पनि निर्देशन दिएका छन् ।

याेपिन पढ्नुस: प्रचण्डमाथि सूर्य थापाको व्याग्य : हामीलाई धेरै दुःख छ बरै !

जनयुद्ध’मा १७ हजार नागरिकको संहार गरेर त आएको हो । करीब तीन करोडमा यो कुन ठूलो संख्या हो ? मैले ५ हजारको जिम्मजमानी लिइसकें । तै पनि मैले शान्तिका कुरा गर्दा मानिसहरू किन हाँस्ने ? यसपालि फागुन १ गतेको जनयुद्ध दिवस म, देउवाजी र माधवजीले न्यायालयमाथि छापामार हमला गरेर मनाएको संकेत बुझ्नुपर्ने होइन ?

म केवल ३३ वर्षदेखि महामन्त्री र अध्यक्ष भई पार्टीको मूल नेतृत्वमा बिराजमान छु । शाहहरूले २४० वर्ष राष्ट्रप्रमुख, राणाहरूले १०४ वर्ष सरकारप्रमुख र मोहनविक्रमजीले ‘सामाजिक शिक्षा’ विषयमा कारबाही पर्दासमेत गरी ४७ वर्षदेखि निरन्तर कम्युनिस्ट पार्टीको महामन्त्री सम्हालिरहनुभएको छ । मैले त अध्यक्ष, महामन्त्री र महासचिव गरी जम्मा जम्मी ३३ बर्ष मात्रै त हो ।

अनि मैले जनवाद र लोकतन्त्रका भाषण गर्दा नपत्याउनु ? अस्ति भर्खर आठौं महाधिवेशनमा लोकतन्त्रको सुन्दर अभ्यास गरेर फेरी आफै सर्वसम्मत भएको छु । ओली चितवनमा सर्वसम्मत हुनसके ? सकेनन् नि ! म त सम्मेलन भन्दै भन्दै झ्याप्प महाधिवेशन गरेर सर्वसम्मत भएँ । यो महान् छलाङसम्म नबुझ्ने कस्ता साथीहरू ?

अहिले ठेकेदार शारदाप्रसादको रामझुपडीमा र यसअघि सुमार्गीजीका आफन्तको सौजन्यमा निःशुल्क भाडामा बसेर सादा जीवन बिताएको छु । मैले उच्च क्रान्तिकारी भाषण गर्दै हिड्दा किन कर्णप्रिय मानेर नसुनी नुवाकोट र नगरकोटको बाटोको ठेक्का लिएर काम नगर्ने ठेकेदारको डेरावाला भनेर उडाउने ? यसो गर्न मिल्छ ?

मेरो परिवारका सबै सदस्य– छोरी, ज्वाइँ र बुहारीलाई एकएक वटा राजकीय नियुक्ति र जिम्मेवारी मात्रै त दिएको हो, विरोधीहरूले त्यसलाई दाहालतन्त्र भनी बेकारमा खेदो खन्ने गर्छन्, जनयुद्ध मेरो नेतृत्वमा भएको हो, जसको नीति उसको नेतृत्व र मौरी काढ्नेले नै मह चाट्छ भन्ने पनि नबुझ्ने ?

प्रतिक्रिया दिनुहोस