समृद्ध नेपाल सुन्दर नेपाल बनाउने अभिभारा युवाको काँधमा दिन्छु : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल बनाउने अभियानमा लाग्न सवै युवालाई आग्रह गर्नु भएको छ ।ललितपुरको गोदावारीस्थित सूर्योदय सभाहलमा आयोजित युवासंग म नामक विशेष अन्तरक्रिया कार्यक्रममा उहाँले समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभिभारा युवाको काँधमा आएको बताउनुभयो ।

भर्खरै शुरु भएको कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो, “युवाका मनोभावना, आकांक्षा बुझी हामीले चाहेको नेपाल समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा कसरी साकार पार्ने अन्तरक्रिया गर्ने छौ ।”

कार्यक्रममा पार्टी अध्यक्ष ओलीले युवाले राखेका जिज्ञासा, अपेक्षा सुन्नुहुने छ र त्यसपछि आफ्नो दृष्टिकोष प्रस्तुत गर्नेछु ।अन्तरक्रिया उहाँले हरेक बैशाख ७ गते युवा उत्सवको रुपमा मनाउन आग्रह गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा युवा, विद्यार्थी, संघसंगठनका साथै उद्यमी, पर्यटन, कलाकार, खेलाडी विभिन्न क्षेत्रका युवाहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस