भरतपुर महानगरपालिका : मेयर रेणु दाहालले राजीनामा दिदै

चितवन । जिल्लाको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पदबाट राजीनामा दिने भएकी छन् । निर्वाचन आयोगले पुनः उम्मेदवार बन्नका लागि पदबाट राजीनामा दिनुपर्ने प्रावधान राखेपछि मेयर दाहालले राजीनामा दिने तयारी गरेकी हुन् ।

यही बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्नका लागि दाहालले आज राजीनामा दिन लागेकी हुन् ।

सत्तारुढ गठबन्धनको निर्णय अनुसार भरतपुर महानगरको मेयर माओवादी केन्द्रले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस