MCC पनि काङ्ग्रेसलेनै पास गर्‍यो, अब भोट पनि जनताले काङ्ग्रेसलाईनै दिन्छन् ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले गठबन्धनबिना नै कांग्रेसले आउँदो निर्वाचनमा ४५ लाख भोट ल्याउने दाबी गरेका छन् । शुक्रबार सत्तारुढ गठबन्धनको एउटा प्रमुख घटक नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवनमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘देशभरबाट ४५ लाख मत ल्याउन

कांग्रेसलाई अरु पार्टीको सहारा लिनु पर्दछ भन्ने लाग्दैन । माओवादी अध्यक्ष दाहाल सत्तारुढ घटकबीच आउँदा निर्वाचनहरुमा पनि तालमेल गराउने योजनामा छन् । दाहाल गठबन्धन गरेर चितवन–३ बाट फेरि उम्मेदवार हुने तयारीमा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पनि

यसप्रति लचक देखिन्छन् । तर कांग्रेस चितवनको १४औं जिल्ला

अधिवेशनबाट गठित नयाँ कार्य समितिको पदस्थापन कार्यक्रममा बोल्ने प्रमुख अतिथि थापालगायत अन्य केन्द्रीय र जिल्ला तहका नेताले भने चितवनमा गठबन्धन नगर्न अपिल गरे । ‘रुखलाई छाडेर अर्को चुनाव

चिह्नमा भोट हाल्नु पर्दछ भन्नेतर्फ लागे हाम्रो तागतमा ठूलो ह्रास आउँछ भन्ने कुरा मलाई लाग्छ । मलाई विश्वास छ पार्टीको नेतृत्वले

यो कुरा बुझ्छ महामन्त्री थापाको भनाइ थियो । चितवन कांग्रेसका पुराना नेतासमेत रहेका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले चितवनमा

पार्टी केन्द्रले चुनावी गठबन्धन गरे विद्रोह हुने चेतावनी दिए । ‘मैले सुनेको छु स्थानीय तहमा महानगरहरुमा चुनावी तालमेल हुने भयो रे । भरतपुरमा अर्कैलाई छाड्ने भइयो भन्ने चर्चा आएको छ । म भन्छु गठबन्धनको नाममा चितवनलाई सधै घुँडा टेकाउने काम नहोस् । यदि

त्यसो भए चितवनले विद्रोह गर्दछ,’ नेता गुरुङले भने । चितवनमा अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । माओवादीले मेयर र कांग्रेसले उपमेयरमा साझेदारी गरेको थियो । तालमेलपछि असन्तुष्टि बढे पनि मेयरमा

गठबन्धनको उम्मेद्वार माओवादी केन्द्रकी रेणु दाहालले झिनो मतान्तर र उपमेयरमा कांग्रेसकी पार्वती शाह फराकिलो मतान्तरसहित विजयी भएका थिए । स्थानीय तह निर्वाचनपछि संघ र प्रदेश निर्वाचनमा माओवादी केन्द्रले एमालेसँग र कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग

तालमेल गरेको थियो । माओवादी अध्यक्ष दाहाल एमालेसँग तालमेल गरेर चितवन–३ बाट विजयी भएका हुन् । चुनावमा तालमेल गरे पनि

कांग्रेस चितवनमा स्थानीय तह निर्वाचनमा जिल्लाका सात तहमध्ये एउटामा मात्रै प्रमुख जित्न सफल भयो । संघ र प्रदेशको चुनावमा

कांग्रेस र कांग्रेससँग गठबन्धन गर्ने कसैले पनि जितेनन् । चितवनमा अभियान चलाउन आएका अर्का केन्द्रीय सदस्य अब्दुल सतारले आउँदा चुनावहरुमा चितवनलाई कसरी कम्युनिष्टमुक्त बनाउने भन्ने योजना बनाएर आफूहरु मैदानमा उत्रने बताए ।

प्रतिक्रिया दिनुहोस