माओवादीको नेतृत्वमा नेपाल लोडसेडिङ मुक्त देश नेपाल भएको हो: प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङ मुक्त भएको बताएका छन्।

राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत् सब स्टेसनको बुधवार उद्घाटन गर्दै प्रचण्डले अब नेपाली जनताको जीविकोपार्जन नै बिजुली हुने बताए।

नेपालको अपार जलस्रोतको भण्डारलाई ऊर्जा उत्पादनको क्षेत्रमा क्रान्तिकारी छलाङ मारिरहेको र यसलाई सरकारले ऊर्जा खानीको रूपमा विकास गर्नुपर्ने बताए।

अध्यक्ष प्रचण्डले अधाला ऊर्जा उत्पादन यसको बजारीकरण र विश्व बजारमा बिजुली बेचेर आर्थिक क्रान्ति गर्दै समृद्धिको यात्रा तय गर्नुपर्ने बताए।

चितवनमा अबको ५० वर्षलाई धान्ने गरी ठूलाठूला भौतिक पूर्वाधारको योजना बनाउन मन्त्री तथा प्राधिकरणका कार्यकारी निर्देशकलाई उनले आग्रह गरे।

सो अवसरमा प्रचण्डले चितवन, मकवानपुर र नवलपुरलाई एकीकृत गरी विकास प्राधिकरण निर्माण गरी यस क्षेत्रको बृहत्तर विकास गर्ने योजनाका साथ आफू अगाडि बढिरहेको समेत बताए।

विकासमा सबैको समान चिन्ता र चासो हुनुपर्ने बताउँदै उनले सबैको सामूहिक प्रयासले मात्र उपलब्धि हाँसिल हुने बताए।

कार्यक्रममा बोल्दै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले माओवादी पार्टीको निर्देशनमा २६ हजार न्यून विद्युत् खपत गर्ने उपभोक्ताहरूलाई सरकारले निःशुल्क बिजुली उपलब्ध गराएको बताइन्।

कृषि प्रयोजनका लागि खपत हुने विद्युत्मा ५० प्रतिशत छुट दिने काम पनि आफैँले गरेको भन्दै विद्युत् महसुल कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयले प्रयत्न गरिरहेको उनले बताइन्।

उनले पेट्रोलियम पदार्थको खपत घटाई विद्युतीय सामाग्री तथा विद्युतीय सवारी साधनमा आकर्षण बढाउन सरकारले काम गरिरहेको बताइन्।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा कार्यक्रमका अध्यक्ष कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणले ५० वर्षे कार्य योजना बनाई काम अगाडि बढाएको बताए। उनले

प्रतिक्रिया दिनुहोस