देश बचाउने भए कांग्रेस, एमाले, माओवादीसँग डिभोर्स गर्नुहोस्ः राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेका ठुला भनिने राजनीतिक दलहरूबाट देश नबन्ने बताएका छन् सुनसरीमा भएको कार्यक्रलाई मंगलबार सम्बोधन गर्दै उनले देश बचाउने भए अहिलेका मुलधारका राजनीतिक पार्टीसँग सम्बन्धविच्छेद गर्नुपर्ने बताए ।

उनले पार्टीहरू जति भए पनि ‘विदेशीको पाउ पर्ने र भ्रष्टचार गर्नेु बेलामा एकै ठाउँमा उभिने गरेको दाबी गरे ।“यो देश बचाउने भए कांग्रेस, एमाले, माओवादीलगायतका दलहरूसँग डिभोर्स गर्न जरुरी छ । भोट दिने कुरा छोरी दिने भन्दा पनि महत्वपूर्ण हो,” उनले भने,

“दलहरू खाने बेलामा, विदेशीको पाउ पर्ने बेलामा एकै ठाउँमा छन् । एमसीसीको विषयमा पनि एउटा टालो लगाएर लाज छोप्दै गए भने ।”

लिङ्देनले अहिलेका राजनीतिक दलहरूको सोचाइ दास प्रवृत्तिको भएको पभन्दै यस्ता पार्टीबाट देश नबन्ने बताए । उनले आउँदो चुनावबाट राप्रपाले जितेको स्थानीय तहमा १२ कक्षासम्म शिक्षा निशुल्क शिक्षा प्रदान गरिने पनि बताए ।

यस्तै जितेको स्थानीय तहमा जनताले अस्पतालको मुख देख्न नपाएर ज्यान गुमाउनु नपर्ने उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस