रेणुको प्रशंशा गरेर थाकेनन् क्याप्टेन बिजय लामा

काठमाडौं :३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२ वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ । यी दुई दिन बिहान १० बजेदेखि साँझ ५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गर्न सकिनेछ ।

१३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने उनले बताए । १५ वैशाखमा मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने १६ १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । आयोगले मनोनयनपत्र दर्ता गर्न जाँदा निर्वाचन आचार संहिताले तोके बमोजिमको आचरण पालना गरिदिन अपिल गरेको छ ।

यसैबिच सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाउँदै भरतपुर महानगर मेयरमा रेनु दाहाललाई उम्मेदवारका रुपमा अघि सारे लगत्तै क्याप्टेन विजय लामाले रेणु दाहालको प्रशंशा गरेका छन् । क्याप्टेन विजय लामाले रेणु दाहालको तारिफ गर्दै लामो स्टाटस लेख्दै भनेका छन् छन्, हुन त मान्छेको नाम नै ठूलो हो भन्ने गरिन्छ। तर नाम भन्दा पनि ठूलो काम हुन्छ भन्ने मान्यता राख्ने मान्छे हो म।

कसैको नाम उसको कामले ठूलो हुन्छ । त्यसैले म नामलाई भन्दा पनि व्यक्तिको कामलाई कदर गर्छु र असल काम गर्नेको प्रशंसा गर्न म संकोच मान्दिन । चाहे मैले नचिनेको व्यक्ति नै किन नहोस् कसैले राम्रो काम गरेको छ भने उसको खुलेर प्रशंसा गर्छु र चाहे जति निकटको मान्छे होस् यदि उसले खराब काम गरेको छ भने म उसको पक्षपोषण गर्न सक्दिन।

क्याप्टेन लामाले रेणुको तारिफमा जे लेखे पढ्नुहोस् जस्ताको त्यस्तै : हुन त मान्छेको नाम नै ठूलो हो भन्ने गरिन्छ। तर नाम भन्दा पनि ठूलो काम हुन्छ भन्ने मान्यता राख्ने मान्छे हो म। कसैको नाम उसको कामले ठूलो हुन्छ ।

त्यसैले म नामलाई भन्दा पनि व्यक्तिको कामलाई कदर गर्छु र असल काम गर्नेको प्रशंसा गर्न म संकोच मान्दिन । चाहे मैले नचिनेको व्यक्ति नै किन नहोस् कसैले राम्रो काम गरेको छ भने उसको खुलेर प्रशंसा गर्छु र चाहे जति निकटको मान्छे होस् यदि उसले खराब काम गरेको छ भने म उसको पक्षपोषण गर्न सक्दिन।

चुनाव आउँदैछ अब यहाँ अनेक जुक्ति लगाएर असललाई विपक्षीले सजिलै खराब करार गर्छन्। अनि खराबहरु एकदमै असल ठहरिन लाख कोशिस गर्छन्। तर नेपाली जनतालाई चाहिएको विकास र समृद्धि हो। आफ्नो गाउँ शहरलाई विकसित, सुरक्षित र समृद्ध बनाउछु भनेर जनतालाई ठुला ठूला सपना देखाएका हजारौं नेता आज मेयरको कुर्सीमा छन्। केहि नेताहरू पुन मेयरको कुर्सीको लागि लड्न तयार छ्न । यस्तोमा कसले कति गर्‍यो त्यसको लेखाजोखा जनताले गर्नैपर्छ।

एक सचेत नागरिकको हिसाबमा मैले पनि यी सबै कुरा नजिकबाट नियालिरहेको छु। जब जब भरतपुर पुग्छु भरतपुरले विकासको लय समातेको आभास हुन्छ। जसको नेतृत्व एक चेलीले गरिरहनुभएको छ। म उहाँलाई खासै चिन्दिन। न त निकट सम्बन्ध छ। तर भरतपुरको मुहारमा जे जति परिवर्तन ल्याउन खोज्नुभयो त्यसप्रति मेरो उच्च सम्मान छ।

मैले उहाँलाई चिनेको भनेको भरतपुर नगरपालिकाको फेरिएको मुहारले गर्दा हो। एउटा नेपाली चेलीले अगाडि बढाएका योजना, गरेको विकास र उपलब्धी साँच्चै गर्व गर्न लायक छ। उहाँले गरेका उदाहरणीय कामलाई नजरअन्दाज गर्न सकिँदैन।

पार्टी जुनसुकै होस् व्यक्ति र परिवेश जस्तो सुकै होस् हामीलाई चाहिएको विकास र समृद्धि हो। विकास र समृद्धिको लागि दिलोज्यान दिएर काम गर्ने नेता नै नेपाली जनताको रोजाई बन्नुपर्छ। यस्तै चेलीहरु नेतृत्वमा आएर खुरुखुरु काम गरेर देशलाई समृद्ध बनाउनुपर्छ। जय चन्द्र सुर्य!

प्रतिक्रिया दिनुहोस