रजनीले कांग्रेसको विश्वास डगमगाउन नदिने, कम्युनिस्टलाई पच्छारेर मेयरमा जितेरै छाड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंको टोखा नगरपालिकाको मेयरमा रजनी थापालाई उम्मदवार बनाएपछि नगरभित्र खुसीको तरंग उत्पन्न भएको छ ।

थापाले सोमबार निर्वाचन कार्यालयमा मनोनयन दर्ता समेत गराएकी छिन् ।गएको स्थानीय निर्वाचनमा नेतृ थापा उप–मेयरमा झिनो मतले पराजित भएकी थिइन् ।

कांग्रेसकी युवा नेतृ थापाले मेयरमा आफूलाई विजयी बनाउन आग्रह गरेकी छिन् । उनले चुनाव चिन्ह ‘रुख’मा मतदान गरेर आफूसहित कांग्रेसलाई विजयी बनाउन युवाहरू आतुर रहेको दाबी गरेकी छिन् ।

गएको स्थानीय तहको निर्वाचनमा टोखामा एमालेले जितेको थियो । यस पटक टोखामा कांग्रेसले इतिहाँस रच्ने जनाएको छ ।

एमालेलाई पराजित गरेर कांग्रेसको चारतारे झण्डा गाड्ने योजनामा रहेको मेयरकी उम्मेदवार थापाले बताएकी छिन् ।

स्थानीय पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस नेतृ थापाले मेयर पदमा कम्युनिस्टहरूलाई पच्छारेर जित हासिल गर्ने घोषणा गरेकी छिन् । यसअघि एमालेले जितेका बेला जनताको काम गर्नेभन्दा पनि एमालेका कार्यकर्ता पाल्ने कार्य मात्रै भएको उनले आरोप लगाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस