काठमाडौंको मेयरमा एमालेले नै जित्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको मेयरमा नेकपा एमालेले नै जित्ने दाबी गर्नुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरुलाई शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले एमालेका उम्मेदवारलाई काठमाडौंका सचेत जनताले विजयी गराउने बताउनुभयो ।

अध्यक्ष ओलीले कांग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभएको दोहार्‍याउनुभयो । उहाँले कांग्रेसमा राजनीतिक सोच नभएका व्यक्तिहरु उम्मेदवारमा आएको बताउनुभयो । उहाँले नेपली कांग्रेसकी नेतृ सिर्जना सिंहलाई संकल्प र राजनीतिक सोच नभएको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले नेकपा एमालेको स्थानीइ निर्वाचन घोषणापत्रमा वहसका लागि आउन चुनौति दिनुभयो । उहाँले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै ट्युसन सेन्टर खोल्ने भन्नेलाई भर्खर परीक्षा पास गरेका साथीहरुसँग एमालेभित्र पनि भिडाइदिने बताउनुभयो । जब चाहियो भने बालकोट आउन र ट्युसन खोल्न आउनेभए ठाउँ मिलाइदिने बताउनुभयो । उहाँले नेपाली कांग्रेसलाई कुहिरोको काग भएको बताउँदै पार्टीहरुले महिला भनेर श्रीमती र छोरी उठाएको बताउनुभयो ।

अध्यक्ष ओलीले नेकपा एमालेले नै महिलाको अस्थित्वको रक्षा गरेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अध्ययन तथा छानबिन गर्न नेपाली कांग्रेसले गर्न नदिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस