बिहिबार लेखेको भावुक फेसबुक स्टाटस शुक्रबार सच्याइन् समिक्षाले, सच्चाइएको स्टाटसमा के छ त्यस्तो ?

तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैलाई दुःखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
त्यसैले त तिम्रो लागि सधैँ म हार्न सक्छु।

माथिको लाइनहरु हो, बुधबार गायिका समीक्षा अधिकारीले फेसबुकमा लेखेको स्टाटस । उनले यो स्टाटस मध्यान्हको समयमा आफ्नो फेसबुकमा पोष्ट गरेकी थिइन् ।

उनको स्टाटस केही छिनमै व्यापक भयो । समीक्षाको स्टाटसमाथि अनेकन अड्कलबाजी र टिकाटिप्पणीपछि उनले संशोधन गरेकी छन् । उनको स्टाटसमा अनुमान गर्न सकिन्थ्यो, उनको वास्तविक जीवमा गरेकाे नाटककाे चित्रण थियो, भनेर । हुन पनि किन नहोस उनी पछिल्लो चर्चित र एक गम्भीर प्रकरणको मुख्य पात्र हुन् ।

उनले त्यो गम्भीर घटनामा पीडितसमेत दाबी गर्दै आएकी थिइन् । तर उनी सो घटना निकै अघि बढिसकेपछि पनि ‘युटनर्’ भएकी थिइन् ।

आफू नै घटनाको मुख्य पात्र र गम्भीर घटनाको पीडित भन्ने समीक्षा अन्त्यमा ‘होस्टाइल’ भइन्, अर्थात उनले दाबी गरेको र आफूले नै दिएको वयानकै प्रतिपक्षमा रहिन् ।

उक्त घटनापछि उनीमाथि विभिन्न टिका टिप्पणी भइरहेको छ । हुन पनि किन नहोस् उनले आफ्नै वयानको खण्डन गरिन् त्यो पनि न्यायकै सर्वोच्च मानिने संस्था अदालतमा ।

त्यस्तै भयो बिहीबार पनि उनले लेखेको पहिलाको स्टाटसमा अनेकन टिका टिप्पणी भएपछि उनले आफ्नो स्टाटसको अर्को व्याख्या गरेकी छन् ।

माथि उल्लेखित कवितात्मक स्टाटसको माथि शब्द संगीतका काम हुँदै भनेर पछि थपेकी छन् । यो टिप्पणी पछि लेखिएको हो ।

समीक्षा सँधै आफ्नो अपरिपक्वता र अदुरदर्सिताका प्रदर्शन गर्न उद्धत देखिन्छिन् । र, उनको आफ्नै बोलीले आफै फन्दामा पर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस