सिन्धुपाल्चोकको मेलम्ची– ४ मा बुथमै ठेलमठेल, सेनाले तेर्स्यायाे हतियार

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची– ४ ज्यामिरेमा मतदानका क्रममा केहीबेर तनाव भएको छ । अशक्त तथा अपांगता भएका व्यक्तिहरुलाई दलका प्रतिनिधिहरुले नै मतदान गर्न सघाएपछि झडपको स्थिति देखा परेको हो ।

त्यस्ता अशक्तहरुलाई आफन्तले मतदान गर्न सघाउन मिल्छ, तर दलकै प्रतिनिधिले सघाएको भन्दै बुथमै ठेलमठेल भएको थियो । तनाव उत्पन्न भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिन हतियार तेर्स्याएर हल्ट गरेको बताइएको छ ।

तस्वीर : दिनेश थापा

हुम्लाको चंखेलीमा गठबन्धन दल र स्वतन्त्र उम्मेदवार पक्षबीच झडप: मतदान अधिकृत घाइते, ८ राउण्ड अश्रुग्यास प्रहार
हुम्ला, ३० वैशाख। हुम्लाको चंखेली गाउँपालिकाकाे एउटा मतदान केन्द्रमा झडप भएको छ । चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन दल र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप हुँदा मतदान अधिकृत घाइते भएका छन् ।

झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत, र अर्का स्थानीय घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

झडपलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ८ राउन्ड अश्रुग्यास प्रहार गरेकाे प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् । अहिले मतदान केही समयका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस