आफ्नो वडामा पार्टीका उम्मेदवारले जितेपछि खुसीयाली मनाउदै राजेन्द्र लिङ्देन

झापा / झापाको हल्दिबारी, वडा नम्बर १ मा राप्रपाका उम्मेदवार विजयी भएका छन् । वडा अध्यक्षमा देवी बहादुर थापासहित प्यानल नै निर्वाचित भएको हो ।

आफ्नो वडामा राप्रपा विजयी भएपछि अध्यक्ष राजेन्द्र लिङ्देन विजय जुलुसमा सहभागी भएका छन् । यस्तै गाउँपालिका अध्यक्षमा रवीन्द्र लिङ्देनको अग्रता कायम छ ।

काठमाडौंमा कसले जित्ने भन्ने विषयमा खोटाङमा दुई जनाले बाजी नै राखेका छन्। आइतबार बिहान खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का रमेश खड्का र विजय फुयालले कागज नै गरेर बाजी राखेका हुन्।

बालेन शाह महानगर प्रमुखमा विजयी भए रमेशले २८ केजीको खसी विजयलाई दिने भएका छन्। बालेन शाह हारेमा विजयले २८ केजीको मूल्य भुक्तानी गर्ने कागज गरेका हुन्।

उनीहरुले अन्य व्यक्तिको रोहवरमै कागज गरेको सुमन बास्तोलाले बताए। तर, यसरी बाजी राख्नु गैरकानुनी हो।

लौरो चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका बालेनले एमाले र कांग्रेसका उम्मेदवारलाई पछि पार्दै अग्रता लिइरहेका छन्।

बालेनले आइतबार दिउँसो १२ बजेसम्म २६०१ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले १४१५ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस