काठमाडौंमा लेन मिच्ने चालकलाई १५ सय जरिवाना र एक घण्टा सचेतना कक्षा

काठमाडौं। काठमाडौंमा लेन मिच्ने चालकलाई १५ सय जरिवाना र एक घण्टा सचेतना कक्षा हुने भएको छ।यसअघि जरिवाना गरिने व्यवस्था थियो यतिबेला सचेतना कक्षा समेत हुने भएको हो।

काठमाडौं उपत्यकाको ट्राफिक प्रहरी कार्यालयले सवारी चालकहरूलाई सचेतना जगाउन र स्वःअनुशासित बनाउन ट्राफिक मैत्री बोर्डहरू राख्ने अभियान पनि यसैहप्ताबाट संचालन गरेको छ।

यस जनचेतनासँगै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने उपर कारवाही अभियानलाई पनि तीव्रता बनाएको छ।

काठमाडौँ उपत्यकाको सडकहरूमा ट्राफिक नियम उल्लंघन गरे वापत लाग्ने जरिवाना सम्बन्धी लेखिएको सुचनामूलक बोर्डहरू ५७ स्थानमा राखिएको पनि जानकारी दिइएको छ।

‘दुर्घटना कम गर्ने र सडक अनुशासन कायम गर्न कानुनमै भए अनुसारको सचेतनाका लागि सूचना टाँस गरेका हौं’ प्रमुख एसएसपी उमेश राज जोशीले भनेका छन्।

‘बोर्डमा सवारी नियम जरिवाना सम्बन्धी बिभिन्न जनचेतनामूलक कुराहरु राखेका छौ,’ उनी भन्छन्, ‘यसले सडक प्रयोग गर्नेहरुलाइ सचेत गराउने र दुर्घटना न्यूनिकरणमा सहयोग पुर्‍याउने अपेक्षा छ।’

यस्ता बोर्डहरू माईतीघर, सिंहदरवार, पद्मोदय, पुत्तलीसडक, सीतापाईला, हलचोक, सामाखुशी, नयाँबसपार्क, माछापोखरी, बालाजु, गगंबु, ग्रीनल्याण्ड, सल्लाघारी, सुर्यविनायक, जगाती, ग्वार्को, सातदोबाटो, महालक्ष्मीस्थान लगायत उपत्यकाको विभिन्न स्थानहरूमा सडकको वीच भागमा राखिएका छन्।

ट्राफिक नियम पालना गरी सभ्य सडक संस्कृतिको विकास गरिदिनुहुन सडक प्रयोकर्ताहरूलाई ट्राफिक प्रहरीले विशेष अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस