नियमित योगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ : देउवा

नियमित योगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ : देउवा

असार २१, काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नियमित योग अभ्यासले मानिसलाई तनावमुक्त र स्वस्थ्य राख्ने बताउनुभएको छ ।

काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले योगले काममा सकारात्मक गुण र दक्षताको विकास हुने वहाँले बताउनुभयो ।

नियमित योगले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने वहाँको भनाइ छ । अन्तर्राष्ट्रिय योग दिवस मनाउने परम्पराले हामी सबैलाई सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास छ, प्रधानमन्त्री देउववले बताउनुभयो ।

महाभारतको उल्लेख गर्दै देउवाले योग कार्यक्रमले नेपाल–भारत सम्बन्धलाई थप प्रभावकारी बनाउने बताउनुभयो । जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन भारतले संयुक्त

राष्ट्रसंघमा गरेको प्रस्तावलाई नेपालले समर्थन गरेको पनि देउवाले स्मरण गर्नुभयो । उनले योग कार्यक्रम सञ्चालन गरेकोमा भारतीय दूतावासलाई पनि धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस