निकै घट्यो कुखुराको मासुको मूल्य, प्रतिकिलो कति ?

काठमाडौं, असार २८ – कुखुराको मासु एक महिनाको बीचमा प्रतिकिलो एक सय रूपैयाँभन्दा बढीले घटेको छ।

एक महिना अघि प्रतिकिलो चार सय ५० रूपैयाँमा बिक्री भएको मासु हाल तीन सय ४५ रूपैयाँमा बिक्री भइरहेको कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए।

पछिल्लो समय मागभन्दा बढी कुखुरा उत्पादन भएकाले मूल्य घटेको उनले बताए। ‘अहिले उत्पादन धेरै छ। उत्पादन बढेपछि मूल्य घट्नु स्वभाविक हो,’ उनले भने।

यो समयमा विगतमा पनि कुखराको मासुको मूल्य घट्ने गरेको उनको भनाई छ। हालको मूल्यभन्दा अझै मूल्य घट्ने संभावना भने नरहेको उनले बताए। ‘एक महिनाको बीचमा एक सय भन्दा बढी घट्नु धेरै हो,’ उनले भने, ‘अब घट्दैन होला।’

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम भने घट्यो, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार दोहोरो अंकको सुधार भएको छ । सोमबार उच्च अंकको गिरावट भएको नेप्सेमा आज नेप्से ११.४७ अंकले बढेर एक हजार ९ सय २७ दशमलब २८ विन्दुमा पुगेको हो ।

त्यस्तै, आज नेप्से परिसूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । नेप्सेमा एक अर्ब ७० करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार दुई अर्ब भन्दा बढीको कारोबार भएको छ ।

आज कारोबार भएका ११७ कम्पनीको शेयरमूल्य बढेको छ भने २२२ कम्पनीको शेयरमूल्य बढेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सप्तकोसी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.३५ प्रतिशतले बढेर प्रतिकित्ता २३४ रुपैयाँ पुगेको छ भने एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको ८.२२ प्रतिशतले बढेर प्रतिकित्ता ५०४.५० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार नयाँ सारथी लुघवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको भएको छ । यसको आज ७ करोड ९५ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस