यस्तो गर्ने काठमाडौँवासी माथि झनै कठोर बन्यो महानगर, हुन थाल्यो ठाउँको ठाउँ कारबाही !

काठमाडौं – काठमाडौं महानगरपालिकाले फुटपाथमा निर्माण सामाग्री राख्नेलाई ५ हजार जरिवाना गराएको छ। महानगरपालिकाले फुटपाथ र सडकमा निर्माण सामाग्री राखेको कारण आज कारबाही गरिएको जानकारी गराएको छ।

फुटपाथ अबरोध भएर पैदलयात्रीका लागि असुविधा भएका गुनासाहरु आइरहेको बताउँदै महानगरले भनेको छ, ‘कारबाही बाध्यता हो। तर, कानुनको पालना गर्दै अरुलाई असुविधा पर्ने कार्य नगर्नु सबैको कर्तव्य हो।’गुनासाहरुको सम्बोधन र महानगरको आफ्नै अनुगमन सँधै कायम रहेको महानगरले जनाएको छ।

यस्तै, साेमबार धोबीखोलामा फोहोर फाल्नेलाई काठमाडौं महानरपालिकाले जरिवाना तिराएको थियो । सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटो भाइरल भएसँगै काठमडौं महानगरपालिकाले जरिवाना स्वरुप २५ हजार रुपैयाँ तिराएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक स्टाटस पोष्ट गर्दै प्राक्टिकल बेष्ट सोलुसन प्रालिको नाममा २५ हजार रुपैयाँको रसिद काटिएको जानकारी गराएका हुन् ।कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी रहेको भन्दै मेयर बालेनले यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिनसमेत आग्रह गरेका छन् । आगामी दिनहरुमा यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिनसमेत उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस