कोरिया जान चाहाने नेपाली किसानहरुलाई आयो खुशीको खबर,

काठमाडौं । कोरियाले नेपाली कामदार मात्रै होइन कृषि सिक्न नेपाली किसानलाई पनि कोरिया जाने अवसर दिने भएको छ ।नेपाली किसानलाई कोरियामा कृषि कर्म सिक्ने अवसर सृजना गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र (एईसी) र कोरियाली ग्लोबल मल्टी कल्चरल सेन्टर (जीएमसी) बीच सम्झौता भएसँगै अब नेपाली कृषकले कृषि सिक्न कोरिया जान पाउने भएका छन् ।

कृषि सीप, प्रविधि आदानप्रदानसम्बन्धी सम्झौतामा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र जीएमसीको तर्फबाट महासचिव योङ्सु ९इरिक० मुनले सोमबार हस्ताक्षर गरेसँगै कृषकहरुलाई पनि कोरिया जाने बाटो खुलेको हो ।

सम्झौताका अनुसार अब जीएमसीले नेपाली कृषकलाई ५–५ महिना गरी दुईपटक कोरियाको सीप र प्रविधिको प्रयोगबारे तालिम दिनेछ ।नेपाली कृषकहरुदले कोरियाको किम्जे र मुहानगुनमा काम गर्नेछन् । सम्झौता अनुसार कोरियाको विभिन्न नगरपालिकाले सो कार्यक्रममा सहभागी हुन चाहने कृषकसँग कृषि उद्यम केन्द्रमार्फत सहजीकरण गर्नेछ ।

नेपालमा भने कृषि उद्यम केन्द्रले यहाँको नगरपालिका तथा गाँउपालिकासँग समन्वय गरेर वास्तविक कृषक छनोट गर्नेछ । कोरियाले ठूलो संख्यामा नेपाली कामदारहरुलाई रोजगारी दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस