भातीय कंग्रेसका नेता राहुल गान्धी पक्राउ

नयाँ दिल्ली–भातीय कंग्रेसका नेता राहुल गान्धीलाई मंगलबार हिरासतमा राखिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफतार गरेको थियो । सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा बोलाइएको थियो ।

नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोनिया ईडी जाँदैछिन् ।पहिरोका कारण तीन सडक अवरुद्ध :अविरल वर्षासँगै आएको पहिरोका कारण लमजुङ, कालिकोट र बागलुङका तीनवटा सडक खण्ड अवरुद्ध भएका छन् ।

लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा मंगलबार बिहान पहिरो जाँदा डुम्रे–बेसिशहर सडकखण्ड अवरुद्ध भएको छ ।अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

कालिकोटको खाडाचक्र नगरपालिका–२ जितेस्थित कर्णाली राजमार्गमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ ।अस्थायी प्रहरी पोष्ट हुल्मबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

बागलुङको बागलुङ नगरपालिका–१० डब्ल्याङस्थित कालिगण्डकी कोरिडर सडकमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ । प्रहरी चौकी मालढुङगाबाट खटिएको प्रहरीले अवरुद्ध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस