सावधान ! तपाईकोपनि थाहै नपाइ बैकबाट अरुले नै पैसा त निकालेन, एकजना पक्राउपछि खुल्यो रहस्य !

काठमाडौं । सोच्नै नसक्ने अपराध भइरहेका छन् । आफूले थाहै नपाइ अर्काले बैक खातामा रहेको रकम निकालेर लगिसकेको हुन्छ ।चेकमा नक्कली छाप र दस्तखतको प्रयोग गरी बैंकबाट पैसा निकालेको आरोपमा एक जना पक्राउ परेपछि यो रहस्य खुलेको हो ।पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका वडा नं. ६ घर भई हाल ललितपुरको सातदोबाटो बस्ने वर्ष २१ का वाशुदेव अर्याल रहेका प्रहरीले जनाएको छ । उनीमाथि ठगी तथा कीर्ते गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

अर्यालले फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिको नक्कली छाप र सञ्चालक प्रकाशराज भण्डारीको नक्कली दस्तखत प्रयोग गरी नेपाल एसबीआई बैंकको खाताबाट पटक पटक गरी १० लाख ३५ हजार रुपैयाँ निकालेको प्रहरीको दाबी छ ।अर्यालले सौरभ डंगोलको सवारी चालक अनुमति पत्र फेला पारी सोही नाम र सोही सवारी चालक अनुमति पत्रको प्रयोग गरी रकम निकाल्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

पैसा निकाल्न जाँदा समेत उनले अरुकै परिचयपत्र दिन्थे । सञ्चालक प्रकाशराज भण्डारीलाई भने केही समयपछि मात्र थाहा भएको छ ।त्यसपछि खोजी गर्दा अन्जान व्यक्तिले छाप र दस्तखत नै नक्कली गर्दै रकम निकालिरहेका थिए ।आफूले पैसा राखेको बैकमा बेला–बेला आफै जानुहोस् । त्यहाँको अवस्था र वस्तुस्थिती बारे बेला बेला जानकारी लिन नभुल्नुहोस् । यो सचेतनाका लागि जानकारी सबैमा साझा गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस