प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तारका लागि दलहरुसँग परामर्श शुरु

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल विस्तारका लागि सत्ता साझेदार दलहरुसँग परामर्श शुरु गर्नुभएको छ ।

सात दलीय गठबन्धनबाट सहमति गरेर प्रधानमन्त्री नियुक्त हुनभएका प्रचण्डले साझेदार दलका शीर्ष नेताहरुसँग मन्त्रिपरिषद विस्तार र जिम्मेवारी बाँडफाँडका बारेमा गृहकार्य गर्नुभएको हो ।

तीन उपप्रधानसहति चार जना विनाविभागीय मन्त्रीले सपथ लिए पनि सत्ता साझेदार दलहरुले मन्त्रिपरिषद् कहिलेसम्म विस्तार गर्ने भने टुङ्गो चाहिँ लागेको छैन ।

सात दलको गठबन्धन रहेपनि सरकारमा भने ४ वटा दलको मात्रै सहभागीता रहने भएको छ । सरकार गठन गर्न सातै दलकले सहयोग गर्ने सहमति भएपनि जनता समाजवादी पार्टीले सरकारमा जाने वा नजाने भन्ने विषयमा टुंगो लगाएको छैन ।

अर्को साझेदार दल राप्रपाले भने सरकारलाई समर्थन गरेपनि मन्त्रीपरिषद्‍मा सहभागी नहुने निर्णय गरिसकेको छ । अर्को साझेदार दल नागरिक उन्मुक्ति पार्टीले पनि आफ्नो केही एजेण्डाहरु पूरा नभएसम्म सरकारलाई समर्थन गरेपनि मन्त्रिपरिषदमा सहभागी नहुने निर्णय गरिसकेको छ ।

दलहरुको मन्त्रिमण्डलमा सहभागी हुने विषय यकिन नभएका कारण मन्त्रिपरिषद विस्तार गर्ने र जिम्मेवारी नतोकि मन्त्री बनेका मन्त्रीहरुलाई मन्त्रालय तोक्ने बारे अझै निर्णय हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस