निर्देशक सुदर्शन थापा र मोडल सुप्रिया बने आमाबाबु

काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापा र सञ्चारकर्मी एवं मोडल सुप्रिया कटुवाल बाबुआमा बनेका छन् ।शनिबार शिवरात्रीको दिन सुप्रियाले फ्रन्टलाइन अस्पतालमा छोरालाई जन्म दिएपछि उनहिरु आमा बाबु बनेका हुन् ।

छोराको आगमन भएको कुरा सुदर्शनले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका हुन् । छोरा र श्रीमतीको तस्बिर सार्वजनिक गर्दै भनेका छन्,’हामी आफ्नो खुशीको परिचय दिन पाउँदा धन्य छौं’ । उनले छोराको नाम प्रियदर्शन थापा राखेको बताएका छन् ।

तस्विर सार्वजनिक भएपछि यो जोडीलाई बधाइको ओइरो नै लागेको छ । यो जोडीले केही दिन पहिले बेवी बम्प तस्विर सेयर गरेका थिए । सुप्रियाले ‘साँढे सात’ नामक चलचित्रका साथै दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छन् भने सुदर्शनले निर्देशन गरेका धेरै फिल्म सफल भएका छन् ।

लामो समय देखि प्रेम सम्बन्धमा रहेकोर यो जोडीले २०७८ असोजमा विवाह गरेका थिए । यसअघि उनीहरु लामो समयदेखि रिलेशनमा थिए । थापाको यति बेला ‘समालिन्छ कहिले मन’ नामक चलचित्र प्रदर्शनको क्रममा रहेको बेला पूजा, आकाश र नव कलाकार सोनमको मुख्य भूमिका रहेको सो चलचित्रको विशेष शोमा सुदर्शन र सुप्रिया बुबाआमा बन्न लागेको खुलसा भएको थियो ।

उनीहरुले यस कुराको अधिकारिक पुष्टि नगरे तापनि बधाई दिनेलाई उनीहरुले धन्यवाद प्रकट गरेका थिए । लभस्टोरी फिल्म निर्देशनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका सुदर्शनले निर्देशन गरेका धेरै चलचित्र सफल भइसकेका छन् ।

सुप्रियाले ‘साँढे सात’ नामक चलचित्रका साथै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन् । यो जोडी लामो समयदेखी प्रेममा रहेपछि २०७८ असोजमा विवाह गरेका थिए । बिहेमा थुप्रै सेलिब्रेटीहरुको उपस्थिती रहेको थियो । अन्तत निर्देशक सुदर्शन थापा र मोडल सुप्रिया आमाबाबु बनेका छन् ।

प्रतिक्रिया दिनुहोस