सामान्य रुघाखोकी लागेकी अढाई वर्षकी प्रशंसाको उपचारमा क्रममा निधन, अस्पतालको लापरवाही भन्दै आफन्तले घेरे अस्पताल

अढाई वर्षकी बालिका प्रशंसा गौतमको अस्पतालको लापरवाहिका कारण मृत्यु भएको परिवारले आरोप लगाएको छ । आँफुहरुले न्याय नपाएको भन्दै परिवारले अस्पतालमा आन्दोलन सुरु गरेको छ । २८ महिनाकी बालिका प्रशंशाको सामान्य रुघा खोकी उपचारको क्रममा मृत्यु भएपछि मृतकका बाबु आमा र आफन्तहरुले काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालमा आन्दोलन गरिरहेका छन्।

मोरङका गंगा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंशाको उपचारको क्रममा लापरबाही गरेका कारण ज्यान गएको भन्दै सो अस्पताल र कार्यरत चिकित्सक जयदेव यादवलाई कारबाही गर्न माग गर्दै अस्पतालमा आन्दोलन गरेका हुन्। सामान्य रुघाखोकी लागेकी प्रशंशालाई उनीहरुले सो अस्पतालमा माघ २३ गते पुर्याएपनि चित्सिकको लापरवाहीले आँफुहरुले छोरी गुमाउनु परेको बालिकाका पिता गंगा गौतमले भक्कानिँदै बताए ।

चार दिनसम्म सामान्य रुघा खोकी भन्दै थप उपचार नगरेको र प्रशंसाको स्वास्थ्य अवस्था जटिल बनेपछि उपचार गराइरहेको हिमाल अस्पतालले कान्तीबाललाई रिफर गर्छ । कमलपोखरीस्थित हिमाल हस्पिटलले ४ दिनसम्म सामान्य अवस्था भन्दै झुलाएर अन्तिम समयमा आएर कान्तीबाल अस्पताल रिफर गर्छ । तर कान्तीले बेड नभएको भनेपछि परिवारले मेट्रो हस्पिटल लैजान्छन् । मेट्रो हस्पिटलमा उपचारका क्रममा अढाई वर्षकी बालिका प्रशंसा गौतमको निधन हुन्छ ।

कुनै गम्भीर रोगको सिकार नभएकी बालिकाको निधनले गम्भिर प्रश्न उव्ज्याएको छ । मोरङ पथरीका गौरव दर्पण अर्थात गंगा गौतमकी छोरी प्रशंसाले सुरुदेखि नै विज्ञ चिकित्सकको उपचार पनि पाइन् । तर पनि उनको निधन भयो । प्रशंसाको उपचारका लापरबाही भएको दावी गर्दै उनका बाबु गौरवले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका छन् । प्रशंसाको निधनमा बालरोग विशेषज्ञ डाक्टर जयदेव यादव मुख्य दोषी रहेको दावी गरेका छन् । प्रशंसाका बाबु गौरवले पत्रकार सम्मेलन र विज्ञप्ति पनि जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस