तेह्रथुममा भिषण आगलागी

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडाको हातिखर्कमा आगलागी बाट ७ घर जेलेर नष्ट भएका छन् ।

आगलागीमा परि धेरै क्षती भएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा अहिले पनि भिषण आगलागी भैरहेको छ ।

आगलागीबाट हाल सम्म ७ वटा घर जलेर नष्ट भएको आगो नियन्त्रणमा खटीएका चुहानडाँडा प्रहरी चौकीका प्रमुख असई बिष्णु प्रसाद पिठाकोटेले जानकारी दिनुभयो ।

शुक्रबार दिउँसो जंगलबाट सल्कीएको आगो गाउँको विचमा रहेको माझीटार सामुदायिक वनमा सल्कीएको थियो । सो आगो हात्तिखर्क गाउँको वस्तीमा पसेर आगलागी भएको प्रहरीले जनँएको छ ।

आगो निभाउन प्रहरी र स्थानीय बासिन्दा खटीएका छन् । सुख्खा मौसम भएकाले आगो निभाउन समस्या भएको वडा अध्यक्ष कृष्ण बास्कोटाले बताउनुभयो । पानी समेत नभएकाले स्याउलाको मद्धतले आगो निभाउने कार्य भैरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस