खुशी हुँदै जेलबाट बाहिरिए निस्किएका पल शाहले दिए सबैलाई धन्यवाद !

काठमाडौँ । खुशी हुँदै जेलबाट बाहिरिए निस्किएका पल शाहले सबैलाई धन्यवाद दिएका छन् । अभिनेता पल शाहले आफुलाई माया र सद्भाव राख्ने सबैलाई धन्यवाद दिएका छन् ।

उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी तनहुँ कारागारबाट रिहा भएर बाहिरिने क्रममा कारागार परिसरमा उपस्थित समर्थकहरुलाई गाडीबाटै धन्यवाद दिएका हुन् ।

उनलाई जिल्ला कारागार, तनुहँले रिहा गरेको हो । उच्च अदालत, पोखराले पललाई सबै आरोपमा सफाई दिएपछि उनी रिहा भएका हुन् ।

पल रिहा हुने खबर पाएसँगै उनका शुभचिन्तक, पत्रकार तथा दमौलीका जनताहरु कारागार अगाडि पुगेका थिए । उनीहरुले पल शाह हाईहाई, यो जित कसको पल शाहको भन्दै नारा लगाएका थिए ।

पललाई फूलमाला, खदा र अबिर लगाएर स्वागत गरिएको छ । पललाई लिनका उनका परिवार, आफन्त कारागार पुगेका थिए । उनी आज नै पोखरा अन्तरराष्ट्रिय विमानस्थलहुँदै काठमाडौं आउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस