आगामी निर्वाचनमा एमाले एक्लैले ५१ प्रतिशत मत ल्याउन ग्रासरुट अभियान चलाईएको हो : ओली

कपिलवस्तु चैत्र १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले एक्लै ५१ प्रतिशत मत ल्याउनका लागि मिसन ग्रासरुट अभियान चलाएको बताएका छन् ।

मिसन ग्रासरुट अभियान अन्तर्गत एमाले कपिलवस्तु जिल्लाको आयोजनामा सम्पन्न भएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेप्रति चौतर्फी घेराबन्दी भएको बताए ।
एमालेले विना हतियार समृद्धि र विकासका लागि ठूलो लँडाई लडिरहेको बताए ।

अध्यक्ष ओलीले सरकारका तर्फबाट कपिलवस्तुको तौलिहवादेखि कृष्णनगर जाने सडक एक लेनको बन्दै गरेको र त्यसलाई रोकेर २ लेनको बनाउन भनेको बताए ।

ओलीले नागरिकलाई समान अधिकार र सामाजिक न्यायसहितको समानता चाहिएको र समाजलाई सदाचारयुक्त, शुसासनयुक्त समाज निमार्ण गर्दै देशको स्वाधिनता, स्वतन्त्रता, भूमिको रक्षा गर्न, देशको स्वाभिमान, गौरव बढाउन र बलियो राष्ट्र बनाउन नेपाली जनताको पार्टी एमालेको बलियो संगठन आवश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस