सप्तरीमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु

सप्तरी- सप्तरीमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

आज जिल्लाको बोदेबर्साईन नगरपालिका वडा नम्वर ३ सारस्वर पूर्वारी टोलस्थित भित्री सडक खण्डमा सारस्वरबाट धनगढीतर्फ जाँदै गरेको प्र २–०१–००१ त २५१७ नम्वरको ट्याक्टर अनियन्त्रित भई बाटोमा नै पल्टिँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्याक्टर चालक धनगढी बस्ने अशोक यादवको २२ वर्षीय छोरा पंकज यादवको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।।

प्रतिक्रिया दिनुहोस