रवि लामिछानेलाई मुद्दा हाल्नेहरुप्रति दीपकराजको व्यंग्य भने -‘अलिकति फुर्सद भो, म पनि मुद्दा हाल्दिउ कि क्या हो’

काठमाडौं -रवि लामिछानेलाई मुद्दा हाल्नेहरुप्रति कलाकार दीपकराज गिरीले कडा कटाक्ष गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमा फेसबुकमा एक स्टाटस लेख्दै गिरीले यस्तो कटाक्ष गरेका हुन् ।

उनले लेखेका छन् अलिकति फूर्सद पनि भो रवि लामिछानेलाई म पनि एउटा मुद्दा हाल्दिउ कि क्या हो । उनको यो स्टाटसमा विभिन्न खालका प्रतिकृया आइरहेका छन् ।

लामिछानेले अमेरिकी नागरिकता र पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट लिएको स्वीकार गरे पनि महान्यायाधिक्ता कार्यालयको उनीमाथि मुद्दा नचलाउने निर्णय विरुद्ध युवराज पौडेलले सर्वोच्चमा रिट निवेदन दिएका थिए।

प्रतिक्रिया दिनुहोस