पाल्पामा बसले स्कुटरलाई ठक्कर दिँदा १, जनाकाे ज्या,न गयाे!!

पाल्पामा आज (शुक्रवार) दिउँसाे बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे ज्या,न गएकाे छ ।

पाल्पा–बुटवल सडक खण्डको तिनाउँ गाउँपालिका ३ काे फुलगैरामा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक बगनासकाली गाउँपालिका ६ यम्घाका ४३ वर्षीय रामचन्द्र न्यौपानेको ज्या,न गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ४८४७ नम्बरको बसले त्यही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । बसका चालकलाई पक्राउ गरेर थप अनु:सन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस