नयाँ समाजवादी मोर्चा बनाउने प्रचण्ड र माधव नेपालको घोषणा

वैशाख १०,काठमाण्डौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चा निर्माण गरेर नेकपालाई पुनर्जीवित गराउने बताएका छन् ।

नेकपा स्थापना दिवसको अवसरमा आइतबार नेकपा एकीकृत समाजवादीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा मार्फत पार्टी एकताका लागि प्रयास हुने बताए ।

सबै समाजवादी मोर्चामा आबद्ध भएर भविष्य उज्वल रहेको सन्देश दिनु पर्ने उनको भनाई छ । उनले विगतमा भएको घटनाबाट शिक्षा लिँदै नयाँ प्रक्रियाबाट एकता अघि बढाउनु पर्ने पनि बताएका थिए ।

यसै गरी प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम र बजेट मार्फत आर्थिक परिवर्तनका लागि दीर्घकालीन महत्वको योजना ल्याउने पनि बताए ।

यसै गरी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि कार्यक्रममा समाजवादी मोर्चा बनाउने उद्घोष गरे । अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढने बताए ।

प्रतिक्रिया दिनुहोस