पल शाहसहित कलाकारलाई बेल्चा दिँदै हर्क साम्पाङले भने– जय श्रम अभियान !

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले कलाकार पल शाह श्रमको सम्मान गर्ने कलाकार रहेको बताएका छन् ।

प्रमुख राईले बिहीवार सामाजिक सञ्जाल फेसबूकमा पल शाहसहितका कलाकारलाई बेल्चालगायतका निर्माण सामग्री हस्तान्तरण गरेको फोटो शेयर गर्दै यस्तो लेखेका हुन् ।

‘हतियार होइन औजार, रगत होइन पसिना, जय श्रम अभियान’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस