समर्थकले अपशब्द बोल्दै किशोरीलाई गाली गरेपछि रवि लामिछानेले घुँडा टेकेर माफी मागे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावअघि मिडियामार्फत् आफ्नो आलोचना गर्ने चितवनकी किशोरीसँग माफी मागेका छन्। लामिछानेले चुनाव जितेको भोलिपल्ट नै घरमै पुगेर घुँडा टेकेर माफी मागेका हुन्।

ती किशोरीले चुनावअघि रवि लामिछानेको आलोचना गर्दै आफूले पनि भोट नदिने र अरुलाई पनि नदिन आग्रह गरेकी थिइन। उनले रविको आलोचना गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि रवि लामिछानेका समर्थकहरुले उनलाई अपशब्द बोल्दै गाली गरेका थिए।

आफ्ना समर्थकले गाली गर्दा किशोरीको चित्त दुखेकाप्रति उनले घुँडा टेकेर माफी माग्दै भने, ‘सरी नानू, होइन् आइ एम एक्सट्रिम्ली सर, म यसरी बसेर माफी माग्छु, किनभने तिमी बहिनीजस्तो मान्छे, तपाईं जस्तो मान्छेलाई कतिले नराम्रो भने मेरो लागि राम्रो कुरा होइन त्यो।’

रविले जाे काेहीले पनि आफूलगायत राजनीतिज्ञहरुको आलोचना गर्नु लोकतन्त्रको सुन्दर पक्ष रहेको बताएका छन्।

भिडियो:

प्रतिक्रिया दिनुहोस