धनगढीमा एक जनाले आफ्नै छोराको हत्या गरेर प्रहरीलाई गरे आत्मसर्पण

कैलाली, बैशाख । सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढीमा एक जनाले छाेराकाे हत्या गरेर प्रहरीमा आत्मसर्पण गरेका छन् ।

धनगढी उपमहानगरपालिका-६ काे मट्यारीका ४५ वर्षीय महेशकुमार चाैधरीले शनिबार बिहान २१ वर्षीय छाेरा अर्जुनकाे हत्या गरेर जिल्ला प्रहरी कार्यालयमा आत्मसर्पण गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसप) श्याम चाैधरीले चाैधरीले छाेराकाे टाउकाेमा ईटा प्रहार गरेर हत्या गरेकाे बताए तर हत्या गर्नुकाे कारण भने खुलेकाे छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले चाैधरीले आत्मसर्पण गरेकाे बताउदै नियन्त्रणमा राखेर घटनाको अनुसन्धान भइरहेकाे बताए ।

प्रतिक्रिया दिनुहोस