अब राष्ट्रको पुरानो गौरब फर्काउन उठ्नुपर्ने बेला आएको राजा ज्ञानेन्द्र शाहको भनाई, एकजुट हुनुको विकल्प नरहेको उल्लेख

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले अब राष्ट्रको पुरानो गौरब फर्काउनका लागि उठ्नुपर्ने बेला आएको बताउनु भएको छ । बाँकेको नेपालगन्जमा आयोजीत अभिनन्दन कार्यक्रममा सहभागि हुँदै राजा शाहले मुलुकमा पुरानो गौरव फर्काउन आफ्नै पाखुराको बलमा अघि बढ्न र कम्मर कस्न आग्रह गर्नुभयो ।

पछिल्लो समय देशका बिभिन्न स्थानको भ्रमणमा रहेर धार्मिक स्थलका साथै नागरिक अभिनन्दनमा सहभागि राजा ज्ञानेन्द्र शाह यतिवेला बाँके पुगेर अभिनन्दनमा सहभागि सहभागी हुनु भएको छ । अभिनन्दपछि आफ्नो बक्तब्य ब्यक्त गर्दै राजा शाहले मुलुकको पछिल्लो अवस्था र दलहरुले खेलेको भूमिकाका विषयमा चिन्ता ब्यक्त गर्नु भएको छ । उहाँले मुलुकमा अपार सम्पदा र अवसर हुँदा हुँदै पनि काम खोज्नका लागि अर्काको मुलुकमा भैतारिनुपर्ने दुःखद् पक्ष रहेको बताउनु भयो । साथै उहाँले बाँके, बर्दिया, कैलाली, कञ्चनपुरको यो भूभाग परिवन्दले हामीबाट केही समय गुमेपनि कालान्तरमा त्यो हामी भित्रै समाहित भएको भन्दै त्यसपप्रति गौरव समेत व्यक्त गर्नु भयो ।

उहाँले भन्न्नु भयो नेपालको यो स्थापित पुरानो शहरमा पाहिला टेकेपछि मलाई परम आस्थाको पवित्र मन्दिर बागेश्वरीको याद आएको छ ,। आजभन्दा चौसठ्ठी बर्ष अघि यही भूमीमा उभिएर हाम्रा स्वर्गवासी बुबाज्यूले नेपालको तत्कालीन राज्य विधिका बारे नेपालका तत्कालीन राजनीतिक दलहरूलाई केही सचेतनामूलक सम्बोधन गरेको स्मरण समेत गर्नु भयो । देश बनाउँ देशवासीको अवस्था सुधारौंै, व्यवस्था र पद्धति बसालौं, जनतालाई शान्ति, सुख समृद्धि दिउँ भन्ने आफुहरुको धारणा रहेको उहाँको भनाई छ ।

नीतिहरू मध्येको सर्वश्रेष्ठ नीति राजनीति भएपनि वर्तमान अवस्थामा त्यो नदेखिएकोप्रति राजा शाहको गुनासो थियो । साथै राजा शाहले विक्रम सम्बतको दुई हजार दशको दशक देखि चालीसको दशकसम्म महेन्द्र राजमार्ग, कोदारी राजमार्ग, पृथ्वी राजमार्ग, तराई पहाडमा शहरी विकास शिक्षा तथा स्वास्थ्य केन्दको स्थापना, मूलुकी ऐन, भूमी सुधार, ग्रामिण उत्थान, नेपाल राष्ट्र बैक, राष्ट्रिय योजना आयोग, त्रिभूवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय, नेपाल राजकीय प्रज्ञा प्रतिस्थानको स्थापना, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, महेन्द्र प्रकृति संरक्षण कोषका साथै धेरै कामहरु रहेको जसको अहिलेपनि त्यतिकै महत्वका रहेको बताउन भएको छ ।

साथै उहाँले आपस आपसमा मिलेर बस्ने नेपाली समाजको बिशेषतालाई ध्यानमा राखेर यस क्षेत्रको सर्वाङ्गीण विकासमा राज्यले खेल्नु पर्ने र विभिन्न धर्म, वर्ण र समूह मिलेर हातेमालो गर्दै नेपाली सभ्यताको परिचय दिनुपर्नेमा पनि जोड दिनु भएको छ । नागरिक अभिनन्दनको सम्पूर्ण तारतम्य राप्रपाका महामन्त्री मा. धवल शमशेर जवराले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस