साप्ताहिक राशिफल : यी राशिहरुको हुँदैछ भाग्योदय ! वैशाक २० गते देखि २७ गतेसम्मको राशिफल हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):मेष राशिको लागि यो साताको शुरु र अन्तको समय राम्रो रहेकोले अध्ययनमा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले न्यालयसँग सम्वन्धीत काममा आज अलमल हुनेछ भने न्यायिक निर्णयहरु तपाईँको पक्षमा नआउन सक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा प्रतिस्पर्धीहरु नै हावी हुनेछन् । स्वास्थ्यमा आउने समस्याले खर्च बढ्ने योग रहेको छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि आरम्भ गर्दा लाभ मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):वृष राशिको लागि यो साताको सुरु र अन्तको समय मध्ययम रहेकोले पढाइ लेखाइमा मन नजाने हुनाले प्रतिश्पर्धामा अरुभन्दा पछी परिनेछ । सत्रु लाग्ने तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनुहोला । पाईला पाईलामा बाधा तथा अवरोध गर्नेहरु प्रसस्त भेटिने हुँदा सजक रहनुहोला । स्वास्थ्यमा समस्या आई दैनिक कामकाजहरु प्रभावित हुनेछन् । व्यापार व्यावसायमा नाँफा कमाउन प्रसस्त समय खर्चिनु पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला । मंगलवार र बुधवारको समय उत्तम रहेकोले शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलव्धीमुलक कामहरु गर्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाठो सकिनेछ । शिक्षा क्षेत्रसँग सम्वन्धीत व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती प्राप्त हुनेछ।यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरि गरेको कार्यबाट लाभ मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):मिथुन राशिको लागि यो साताको शुरु र अन्तको समय राम्रो रहेकोले पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दुरिको आन्तरिक यात्राको तय गर्न सकिनेछ । दाजुभाईबाट सहयोग पाईने हुनाले आँट तथा साहश गरि लगानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ । सकारात्मक सोचको माध्ययमबाट रुढिवाढि परम्परालाई चिरफार गर्न सकिनेछ । लेखनकलाको माध्यामबाट अन्धविश्वासलाई चिर्दै समाज रुपान्तरण गर्नमा तपाईको सक्रिय भूमिका रहनेछ । मंगलवार र बुधवारको समय मध्ययम रहेकोले राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । विरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पती तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । अनावश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहारविहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग सेतो वा सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको दर्शन गरि कार्य आरम्भ गर्नाले लाभ मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):कर्कट राशिको यो साता व्यापार बढ्नुको साथै आम्दानीमा बढोत्तरिको योग रहेकोछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो वातावरण समय व्यातित गर्न सकिनेछ । गायन तथा कलाकारिता क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । मंगलवारबाट घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरुले तपाईको काममा बाधा तथा अवरोध गर्नेछन् । पढाइ लेखाइ सुस्त गतिमा अगाडी बढ्नेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुनेछ । राजनीतिकर्मिका लागी समय अन्यदिन भन्दा मध्ययम रहेकोछ । तरपनि कृषि,सहकारी तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ। यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग निलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):सिंह राशिको लागि यो साता लाभदायक रहेको छ। रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसन,काउन्सेलिङ तथा बोलेर गर्ने व्यावसाय फस्टाएर जानेछ । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ भने भौतिक सम्पती तथा धातु संग्रह गर्न सकिनेछ । आट शाहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले पुरुषार्थी काम गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । उद्योग तथा उत्पादन मुलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागी समय फलदायी रहेकोछ। यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग निलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):कन्या राशिको लागि यो साता मिश्रित फल दिने रहेको छ। सोमवारसम्मको समय मध्ययम रहेकोले दैनिक खर्च बढ्ने तथा आर्थिक व्यावस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचित व्याक्तिको विश्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । मंगलवारबाट समय उत्तम रहेकोले समाजमा राम्रा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने मन प्रशन्न हुनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । राजनितिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तीको योग रहेकोछ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):तुला राशिको लागि यो साताको शुरु र अन्तको समय उत्तम रहेकोले प्राकृतिक स्रोत साधन तथा पैत्रिक सम्पतिको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने दैनिक मुनाँफामा वृद्धि भएर जानेछ । पढाइ लेखाइमा उत्कृष्ट अंक ल्याउदै अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । भौतिक सम्पती हात लागी हुने योग रहेकोछ । मंगलवार र बुधवारको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई औषधि खर्च बढेर जानेछ । अग्रज तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । तापनि लामो दुरिको विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी समयले साथ दिनेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग निलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको दर्शन गरि कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस